प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरूसँग भृकुटीमण्डपमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपाली काँग्रेसको १४औँ महाधिवेशन स्थल भृकुटीमण्डपमा हुनुहुन्छ ।
उहाँ आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरूसँग अन्तरक्रिया र परामर्शमा व्यस्त हुनुभएको थियो ।
काँग्रेसको सभापतिमा उम्मेदवारी दिनुभएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरू एवं काँग्रेसका नेता तथा कार्यकर्ताहरूसँग अन्तरक्रिया गरी आफूलाई मत पनि माग्नुभएको थियो ।

त्यसपछि उहाँले महाधिवेशन प्रतिनिधिहरूसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गर्नुभएको थियो । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उहाँले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरूसँग सोध्नुभएको थियो ।
उहाँले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिनुभएको थियो ।
उहाँले आज बिहानको खाना पनि भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूसँगै लाइनमा बसेर लिनुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्