तपाईँ सुन्दै हुनुहुन्छः

फोनिज कास्कीको अध्यक्षमा गुरुङ

कास्की । कास्की (फोनिज)को अध्यक्षमा दिलप्रसाद गुरुङ निर्वाचित हुनुभएको छ । 

कास्कीको छैँठौँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । 

त्यस्तै, समितिको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा सुशील श्रेष्ठ, सहसचिवमा सम्राट् गुरुङ, कोषाध्यक्षमा रमेश गुरुङ निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा गीता रानामगर, देविका तामाङ, मनप्रसाद गुरुङ, अल्चना श्रेष्ठ, प्राश्ना मानन्धर, रोजी बुढा मगर, योगन्द्र श्रेष्ठ र बसबहादुर शेर्पा निर्विरोध चयन हुनुभएको छ । 

यस्तै, प्रदेश महाधिवेशन प्रतिनीधिहरुमा पुलप्रसाद गुरुङ, उदयबहादुर अमात्य, गीता रानामगर, रामकुमारी गुरुङ (रत्ना), कृष्ण श्रेष्ठ (रोजी), चेतबहादुर थापा, मोमप्रसाद गुरुङ (मिलन), सुरेन्द्र गुरुङ, बेलप्रसाद गुरुङ, शङ्कर विरही गुरुङ, दक्षमान गुरुङ, लोकेन्द्र मानन्धर, सुरज थापा, जुना थापा, इन्दिरा गुरुङ, शिला गुरुङ, रबिना आले चयन हुनुभएको छ । 

यसैगरी, सङ्घीय महाधिवेशन प्रतिनिधीहरुमा दीपेन्द्र श्रेष्ठ, राजबहादुर गुरुङ, भुपाल गुरुङ, सुरज श्रेष्ठ, कविता श्रेष्ठ, हुमबहादुर गुरुङ, तिलबहादुर गुरुङ, शान्ति गुरुङ, सरस्वती गुरुङ, खेम सारू मगर र विकास रोका मगर चयन हुनुभएको छ । 

निर्वाचित कार्यसमिति र प्रतिनीधिहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता सुरेन्द्र थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो भने निर्वाचन समितिका सदस्य अधिवक्ता जुनाकुमारी गुरुङ, प्रदेश अध्यक्ष एमबी आस्था मगर, प्रदेश इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष हुमबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । 

नवनिर्वाचित अध्यक्ष दिलप्रसाद गुरुङले फोनिज कास्कीलाई उत्कृष्ट बनाउने र आफु अध्यक्षको जिम्मेवारीमा रहँदा कुनै राजनीतिक पत्रकार सङ्गठनमा आबद्ध नहुनेसमेत घोषणा गर्नुभएको थियो । 

यसअघि, अधिवेशनको प्रमुख अतिथि फोनिज गण्डकी इन्चार्ज हुमबहादुर गुरुङले उद्घाटन गर्नुहुँदै फोनिज स्थापनाको उद्देश्य प्राप्ति, आदिवासी जनजाति सङ्घ संस्थाहरू एवम् समुदायसँग समन्वय र राज्यबाट अधिकार प्राप्तिका लागि आदिवासी जनजाति पत्रकारहरू क्रियाशीलताका साथ लाग्नुपर्ने बताउनुभयो । 

तमु धिं नेपालका अध्यक्ष समेत रहनुभएका गुरुङले फोनिजका लागि तमु धिंमा निर्माण हुने भवनमा कार्यालय उपलब्ध गराउने समेत घोषणा गर्नुभयो । 

कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष एमबी आस्था, फोनिजका सल्लाहाकार तिलक पुन, तमु धिं नेपालकी  महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, नेवा पत्रकार पुचः कास्की अध्यक्ष सञ्जय मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

अधिवेशनको बन्द सत्र व्यवस्थित रूपले सञ्चालन गर्नु इन्चार्ज हुमबहादुर गुरुङको अध्यक्षतामा रुद्रबहादुर थापा र तिलक पुन रहेको अध्यक्ष मण्डल र कार्यसमिति निर्वाचनका लागि अधिवक्ता सुरेन्द्र थापा मगरको अध्यक्षतामा अधिवक्ता जुनाकुमारी गुरुङ र प्रदेश अध्यक्ष एमबी आस्था सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button