तपाईँ सुन्दै हुनुहुन्छः

पोखराका बालबालिकाहरूमा ह्याण्ड फुड माउथ रोग सङ्क्रमण दर बढ्दो

कास्की । पोखराका बच्चाहरूमा  ह्याण्ड फुड माउथ रोगको नयाँ सङ्क्रमण तीव्र रूपमा देखिन थालेको छ  ।  पोखरा आसपासका बच्चाहरूमा यो सङ्क्रमण दैनिक रूपमा वृद्धि हुँदै गएको  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बाल रोग विशेषज्ञ डा.प्रदीप भट्टराई बताउनु हुन्छ ।  

उहाँले भन्नुभयो “यो भाइरल सङ्क्रमण हो पछिल्ला दिनहरूमा १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूमा यो सङ्क्रमण देखा परेको छ । यो समस्या रहेका बालबालिकाहरू अस्पतालमा आउनेको सङ्ख्या धेरै नै रहेको छ । ”

दैनिक सुरुवाती दिनमा लगातार दुई तीन दिन सम्म ज्वरो आउने हात तथा पैताला  वरिपरि सानो राता फोकाहरू आउने र बालबालिकाहरूलाई ज्वरोको कारण बेहोस सम्म बनाउने गरेको बताउनुभयो । ”

यो रोगको अहिले सम्म कुनै उपचार नै नभएको भट्टराई बताउनु हुन्छ । बच्चाहरूमा यो रोग देखिएमा आइसोलेसनमा राख्ने पोषणयुक्त खानाहरू खाने नै हो । ”

यो रोगबाट बच्न सङ्क्रमित बालबालिकाबाट टाढै रहनु पर्ने भट्टराई बताउनु हुन्छ । 

कास्की चापाघाटकी सम्झना तिम्सिनाका अनुसार आफ्नो ३ वर्षको छोरोलाई सुरुमा ज्वरो आयो सामान्य स्वास्थ्य चौकीको औषधी उपचार गराउँदा समेत ज्वरो निको नभएको भन्दै  यो समस्या देखिए पछि अस्पताल आएको बताउनुभयो ।”

पोखरा स्वास्थ्य प्रतिष्ठानमा ह्याण्ड फुड माउथ रोगका बिरामी बच्चाहरूको सङ्ख्या दैनिक रूपमा वृद्धि हुँदै गएको सुरक्षित रहन डाक्टर भट्टराईले आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button