तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय सदस्यमा ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दुई जना केन्द्रीय सदस्यका उम्मेद्वारहरु निर्विरोध निर्वाचित हुनुभएको छ । काँग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको हो । 

प्रदेश नंं २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित हुनुभएको हो । प्रदेश नंं २ कलस्टरबाट  जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो ।महाधिवेशन अन्तर्गत आज मनोनयन फिर्ताको क्रम जारी छ । यो समाचार तयार पार्दा  सम्म २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले  हाल सम्म २९ जनाले उम्मेदवारी फिर्ता लिएको र उम्मेदवारी फिर्ता लिने समय ११ बजे बाट बढाएर  साढे १२ बजे तोकिएको जानकारी दिनुभयो । महाधिवेशनका निर्वाचन तालिका अनुसार आज अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button