तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको  आक्रमणमा परेर एक जनाको  ज्यान गएको छ । 

लालझाडी गाउँपालिका वडा नम्बर  ६ ढक्का   चानदेवका ४५ वर्षीय खगिराज रानाको  हात्तीको  आक्रमणमा परी   ज्यान  गएको  हो  । 

शनिबार  राति  जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका रानालाई  कैलालीको धनगढी स्थित  सेती प्रादेशिक  अस्पतालमा  पुर्‍याइएको  र उपचारको क्रममा  ज्यान  गएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका  प्रहरी नायब  उपरीक्षक  चक्र शाहले  जानकारी दिनुभयो  । 

यसैगरी  जङ्गली हात्तीको  बथानले गरेको क्षति बारे यकिन विवरण आईनसके पनि  करिब ११ वटा घरमा जङ्गली हात्तीले क्षति पुर्याएको  प्रहरी नायब उपरीक्षक  शाहले  बताउनुभयो  ।   

कञ्चनपुरमा  मध्यवर्ती क्षेत्रका बासिन्दा सधैँ  हात्तीको  त्रासमा बस्न बाध्य रहेका छन् ।  यसअघि  हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमा मात्रै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button