तपाईँ सुन्दै हुनुहुन्छः

फोनिज सिन्धुपाल्चोकको अध्यक्षमा तामाङ

सिन्धुपाल्चोक । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा सिन्धुपाल्चोकको अध्यक्षमा लालकाजी तामाङ चयन हुनुभएको छ । आज भएको तेस्रो जिल्ला अधिवेशनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । 

यस्तै उपाध्यक्षमा कमला पाख्रिन, सचिवमा दीपेन्द्र घले, सहसचिव निर्मल माझी र कोषाध्यक्षमा राजेन्द्र थापामगर चयन हुनुभएको छ । सदस्यहरूमा फुलमान तामाङ, रविन दनुवार, सरोज तामाङ, कल्पना श्रेष्ठ, सुप्रिन्स कसजु, सिद्धि श्रेष्ठ, आइते तामाङ हुनुहुन्छ । 

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा सुरेश कसजु, जीवन श्रेष्ठ, ङेम्लिङ लामा, केदार माझी र प्रदेश प्रतिनिधिमा हेमन प्रधान, सुमित्रा श्रेष्ठ र अश्मि स्याङतानलाई चयन गरेको छ । 

जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष तामाङले जनजाति पत्रकारहरूका लागि क्षमता अभिवृद्धि तालिम गराउने र रुचि राख्नेलाई पत्रकारिता पेशामा संलग्न गराउन कार्य समिति सक्रिय रहने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button