तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ७ जना संक्रमित निको

फाइल तस्बिर

काठमाडौँ । देशभर थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

९ हजार १ सय ७८ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै, आज ३ सय ७ संक्रमित निको भएका छन् ।  कूल संक्रमित मध्ये ९७ दशमलव ९ प्रतिशत संक्रमित निको भइसकेका छन् । 

आज संक्रमित एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ५३ पुगेको छ । 

आज देशभर २ लाख ६६ हजार ९ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button