बागमती प्रदेशसभा बैठक पुस ७ गते बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले आगामी पुस ७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी प्रदेशसभा बैठक आव्हान गरेको छ ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुस ७ गते दिउँसो १ः०० बजे प्रदेशसभा बैठक बोलाइएको जानकारी दिनुभयो ।
यसअघि बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएसँगै प्रदेश सभा बैठक स्थगित भएको थियो ।
प्रदेशसभा बैठक नियमित बस्न नसक्दा प्रदेशसभाबाट पारित हुनुपर्ने विधेयक थन्किएर बसेको छ ।








प्रतिक्रिया राख्नुहोस्