तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालयको बैठक बालकोटमा सुरु

File Photo

काठमाडौँ । नेकपा एमालेको पहिलो सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको छ ।

बैठकमा केन्द्रीय कमिटीमा लैजाने प्रस्तावहरूका विषयमा थप छलफल हुने बताइएको छ । 

एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । 

दसौँ महाधिवेशनबाट निर्वाचित पार्टी सचिवालयको पहिलो बैठकले केन्द्रीय कमिटीमा मनोनीत हुने सदस्यहरूको नामावली, स्थायी र पोलिस्यूरो कमिटी बनाउने आधार तय गर्ने एमालेले जनाएको छ ।

सचिवालय बैठक सकिएपछि दिउँसो १ः०० बजेपछि गठ्ठाघरस्थित जर्मन होम्समा केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । उक्त बैठकले केन्द्रीय सदस्यहरूको पनि कार्य विभाजन गर्ने जनाइएको छ । बैठक आज र भोलि हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय कमिटीको पहिलो बैठक भने महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो । 

बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन , एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, नेताहरूको कार्य विभाजन लगायतका १५ एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button