कृषिमा लगानी बढाउनुपर्छ: पूर्व प्रधानमन्त्री भट्टराई
कास्की । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले परनिर्भर अर्थतन्त्रलाई बदल्न कृषिमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
पोखराको नाग ढुङ्गामा आज आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रको विकासका माध्यमबाट उत्पादन वृद्धि गर्दै परनिर्भर अर्थतन्त्रलाई बदल्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालको अर्थतन्त्र परनिर्भर रहेको र प्रारम्भिक स्तरका उद्योगधन्दा समेत प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो ।
पूर्व प्रधानमन्त्री डा भट्टराईले पुरानो व्यवस्था र संरचना भत्काउनका लागि आफूहरूको पुस्ताको योगदान रहे पनि नयाँ बनाउने तर्फ खासै योगदान नभएको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्