तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा महिला हिंसाको घटनामा वृद्धि

लहान ।  सिरहा जिल्लामा २०७७ पुस देखि २०७८ मङ्सिर सम्म  १ सय २८ वटा महिला हिंसाको घटना अभिलेखीकरण भएको ओरेक नेपालको शाखा लहान (सिरहा) ले जनाएको छ ।

सरोकारवाला तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा उक्त घटनाहरू सञ्चारकर्मी समक्ष सार्वजनिक गरिएको थियो । उक्त अवधिमा घरेलु हिंसाका ७६ , बलात्कार १२, यौन दुर्व्यवहार ८,  बलात्कारको प्रयास ३, कुटपिट २०,  हत्या ५  लगायतका घटना घटेको ओरेक नेपाल कि जिल्ला संयोजक सर्मिला निरौलाले बताउनुभयो। 

बलात्कारका घटनाहरूमा (५ वर्षको बालिका देखि ३५ वर्ष) सम्मका महिलाहरू पीडित रहेको तथ्याङ्कमा उल्लेख छ । बलात्कार प्रकृतिका घटना नातेदार , छिमेकी, साथिभाई तथा परिचित व्यक्तिहरूबाट भएको जनाइएको छ ।  

घरेलु हिंसा र हत्याको घटनामा प्रमुख कारण दाइजो  देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादवले कतिपय महिला हिंसाका घटनाहरू समाजमै मिल्ने गरेको बताउनु भएको छ । घटना बाहिरिए पछि समाज र आफन्तले के भन्ला ? भन्ने लाजका कारण बाहिर आउन सकेको छैन । जो घटनाबाट प्रभावित छन्, त्यै समाजबाट अपहेलित भएको कारण पनि  कतिपय घटनाहरू समाजमा लुकेको अध्यक्ष  यादवले बताउनुभयो । 

महिला हिंसा, दाइजो बालविवाह र छुवाछूत लगायतका  घटनाहरू जिल्लामा पर्याप्त भएपनी समाज र परिवारको कारण बाहिर आउने नसकेको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button