सिरियाले अरब इनर्जी सम्मेलन गर्ने
सिरियाले अरब इनर्जी सम्मेलन गर्ने भएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार सिरियाले सन् २०२४ मा सो सम्मेलन गर्ने भएको हो ।सो कुरा सिरियाको सरकारी समाचार समिति सानाले जनाएको छ । अरबको पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातक संस्था ओपेकले स्वीकृत गरेका अरबका सदस्य राष्ट्रहरुको सहभागितामा सिरियाले सो सम्मेलन गर्ने भएको हो ।
सिरियामा तेलमन्त्री बसाम रदवानले सो विषयमा जानकारी दिनुभएको हो । उहाँले सिरियाले सन् २०२४ मा राजधानी दमासकसमा सो सम्मेलनको आयोजना गर्ने तयारी गरेको जानकारी बिहीबार दिनुभयो ।मध्यपूर्वी यस राष्ट्रको सम्बन्ध अरब देशहरुसँग त्यति राम्रो नरहेको यस अवस्थामा सिरियाले अरब देशहरुकै सहभागितामा सो सम्मेलन गर्ने भएको हो ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्