पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

पोखरा।पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत लेखनाथबाट पोखरातर्फ छड बोकेर आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आज बिहान साढे ४ बजे अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । छड लिएर पोखरा तर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।
मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम/ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्