तपाईँ सुन्दै हुनुहुन्छः

न्यौपानेलाई कृषि तारा अवार्ड

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले विदेशी प्रविधि र सीप भित्राएर देशलाई समृद्ध बनाउनु पर्ने बताउनु भएको छ ।

इजरायली दूतावास र अवसर फाउन्डेसन द्वारा संयुक्त रुपमा विहिबार काठमाडौंमा आयोजित दोस्रो कृषि तारा अवार्डलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले कृषिमा नयाँ प्रविधि भित्राएर देशको कृषि क्षेत्रकाे आधुनिकीकरणमा सघाउन इजरायली सरकारलाई आग्रह गर्नु भयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इजरायली राजदुत खनान गोदेरले कृषिको आधुनिकीकरण गर्न सके नेपालले कृषि क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

पाँच लाख राशी रहेको कृषि तारा अवार्ड यस वर्ष चेतना कृषि तथा पशुपन्छी फार्मको सञ्चालक धुनीबेसी-५ धादिङका युद्ध प्रसाद न्यौपानेले प्राप्त गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button