महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ: मन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आज आयोजना गरेको तेस्रो महिला सम्मेलनमा मन्त्री श्रेष्ठले राज्यका हरेक निकायमा महिलाको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको भन्नुहुँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकाले समस्या सम्बोधन गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्