हिमालयन शेर्पा र नेपाल पुलिस क्लब बिचको खेल बराबरीमा सम्पन्न
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अङ्क बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो ।
कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अङ्क जोडेको छ । पुलिस पाँचौँ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अङ्क जोडेको छ । शेर्पा लिगको १२ औँ स्थानमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्