तपाईँ सुन्दै हुनुहुन्छः

जीवनोपयोगी सीप र आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न

अछाम । जीवन उपयोगी सीप र आत्मरक्षा सम्बन्धी १३ दिने तालिम अछामको साँफेबगरमा समापन गरिएको छ । 

रूपान्तरण कक्षाका साथी शिक्षकलाई दिइएको १३ दिने तालिम वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग र आस्था नेपालको आयोजनामा भएको थियो ।

संस्थामार्फत सञ्चालित बाल स्पोनसरसीप तथा बाल संरक्षण परियोजना अन्तर्गत प्रत्येक शनिबार सञ्चालन हुने रूपान्तरण कक्षाका साथीहरूलाई जीवन उपयोगी सीप अन्तर्गत रूपान्तरण कक्षाको १५ वटा खण्डहरूको बारेमा सहभागीलाई तालिम दिइएको हो ।

तालिम लिएपश्चात् रूपान्तरण कक्षामा सहभागी हुने किशोर र किशोरीहरूलाई उक्त खण्ड पढाउने सँगसँगै समाजमा जरा गाडेर बसेका सामाजिक विकृति, बिसंङ्गती, बाल विवाह, लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछूत छाउपडी प्रथा महिला हिंसा र घरेलु हिंसा जस्ता सामाजिक विकृतिहरू अन्त्य गर्नको लागि रूपान्तरण कक्षाका सहभागी लाई सिकाउने र समुदायका मानिसहरूलाई जनचेतना फैलाएर समाजको रूपान्तरण गर्ने बताइएको छ ।

आस्था नेपालका जिल्ला प्रबन्धक रूपक चन्दले मङ्सिर ९ गते औपचारिक रुपमा उद्घाटन गरी सुरु भएको तालिमको आज आस्था नेपालका जिल्ला अध्यक्ष निर्मला रावलले सम्पुर्ण सहभागी र सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभएको थियो ।

समापन कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका मनोज बिस्ट, आस्था नेपालका जिल्ला कार्य समिति सदस्य पुष्प कठायत, सुदूरपश्चिम खेलकुद समिति सदस्य बिएस ओड,आस्था नेपालका कार्यक्रम अधिकृत भीम बहादुर खत्री, आस्था नेपालका तपेन्द्र बिक, कमल खड्काको सहभागिता रहेको थियो ।

१३ दिनसम्म चलेको तालिमको सहजीकरण एनएन फाउन्डेसन झापाका प्रशिक्षक बिन्जु बराल, मन्दिप सुरीले गर्नु भएको थियो । तालिमका सहभागीले यसबाट आफूमा आत्मबल बढेको बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button