कञ्चनपुरका सात स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)ले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ ।
नौ स्थानीय तह रहेको कञ्चनपुरमा माओवादी केन्द्रले शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुर्नवास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँगी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेका हो ।
नगर र गाउँ सम्मेलनको आयोजना गरी सर्वसम्मतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ ।
जिल्लाको बेदकोट नगरपालिकामा लाल परियारको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति चयन गरिएको छ ।
बेलडाँगी गाउँपालिकामा डम्बर शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ समिति चयन गरिएको छ। यस्तै पुनर्वास नगरपालिकामा धोखे रानाको अध्यक्षतामा ६५ सदस्यीय नगर समिति, भीमदत्त नगरपालिकामा अशोक चन्दको अध्यक्षतामा ६५ सदस्यीय, कृष्णपुर नगरपालिकामा जोगराज चौधरीको अध्यक्षतामा ६५ सदस्यीय, लालझाडी गाउँपालिकामा फुलाराम चौधरीको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरिएको छ ।
यस्तै, दोधारा चाँदनी नगरपालिकामा चाडै नयाँ नेतृत्व चयन हुने बताइएको छ । यता शुक्लाफाँटा नगरपालिकामा पनि नयाँ नेतृत्वका लागि आकाङ्क्षी धेरै भएकाले सहमतिका आधारमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्