तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

File photo

काठमाडौँ । देशभरि आज थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

११ हजार ८ सय १० जनाको नमुना परीक्षण गर्दा ३ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ३ सय ४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९७ दशमलव ८ प्रतिशत रहेको छ । 

आज कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

देशभरि कोरोनाका ६ हजार ३ सय ५२ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । 

आज कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या १ लाख २७ हजार ७ सय ५३ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button