कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैदनाथ महतोलाई नियुक्त गरेको छ ।
प्रदेशको महत्त्वाकाङ्क्षी कार्यक्रमको रूपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालनको शुरुवातको सिलसिलामा मङ्गलवार उपकुलपतिको नियुक्ति गरिएको मुख्यमन्त्री लालबाबु राउतको सचिवालयले जनाएको छ ।
प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य समेत रहनु भएका मिर्चैया नगरपालिका वडा नं. २ का डा. वैधनाथ महतोलाई सहकुलपति पदमा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्