तपाईँ सुन्दै हुनुहुन्छः

बडुवालको हत्या घटनामा संलग्न रहेको आरोपमा १२ जना पक्राउ

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका १ का भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले २३ वर्षीय बडुवालको हत्या घटनामा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार हत्या घटनामा कैलालीको लम्कीचुहा नगरपालिका ३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, वडा नं।१ का कपिल श्रेष्ठ, निशान्त मल्ल, वडा नं.५ का विकास खड्का, टिकापुर नगरपालिका १ का प्रवीण रिमाल, सोहन शाह, रोहित आले, बर्दगोरिया गाउँपालिका २ का लोकेन्द्र कुवर र बर्दिया ठाकुर बाबा नगरपालिका ३ का सविनजंग शाही रहेका छन् ।

यसैगरी हत्या घटनामा संलग्न लम्कीचुहा नगरपालिका ३ का नवीन रावल, चिरन्जिवीजंग शाही, हिमाल शाही, वडा नं ४ का रोशनबहादुर शाही, टिकापुर नगरपालिका १ का विकास शेरचन, वडा नं ६ का अशोक रावल, जानकी गाउँपालिका ६ का जयन्द्र शाह फरार रहेको र सबैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

उक्त समूहले गत कार्तिक २३ गते बडूवालमाथि टिकापुर क्षेत्रमा धारिलो हतियारले आक्रमण गरेका थियो । गम्भीर घाइते उनको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button