काँग्रेस लुम्बिनी प्रदेशमा पुन

रुपन्देही । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित हुनुभएको छ ।
आइतबार सम्पन्न निर्वाचनबाट उहाँले ८६७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा एक हजार ६३१ मत खसेको थियो ।
नवनिर्वाचित पुन रोल्पाका काँग्रेस नेता हुनुहुन्छ भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ । यसै गरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सह महामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी विजयी हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्