तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा प्रहरी हिरासतमै एक महिलाद्वारा आत्महत्याको प्रयास

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । 

जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट २८ किलो चरेससहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमल प्रसाद चौधरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हिरासतमा अनुसन्धानका लागि राखेका थियौँ । आज बिहान ११ बजे तिर हिरासतको शौचालयमा हाते रुमालको प्रयोग गरी आत्महत्याको प्रयास गरेको थाहा भयो ।” 

रोकाया मङ्सिर १४ गते डुङ्ग्री बजारमा रहेको आफ्नै किराना पसलबाट चरेससहित पक्राउ परेको र उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button