तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानन्यायाधीश जबरा डिस्चार्ज

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उपचाररत जबरा शुक्रबार बिहान डिस्चार्ज हुनुभएको हो ।

अस्पतालका प्रवक्ता डा.प्रबिन नेपालले एक विज्ञप्ति जारी गर्नुहुँदै कोभिड–१९ र निमोनियाका कारण मंसिर १३ गतेबाट अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा स्वास्थ्यलाभ गरी फर्किनुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button