राप्रपा एकता महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । बुधवारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुङ्ग्याएको राप्रपाले शुक्रवार मतदाता नामावलीमाथि दाबी विरोध पश्चात् उम्मेदवारी दर्ता गर्दैछ ।
जसका लागि आज शुक्रवार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । मनोनयनको नाममाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रवार नै हुने र शनिबार मतदान हुने उहाँले बताउनुभयो ।
महाधिवेशनमा ४ हजार ४ सय जना मतदाताहरू सहभागी हुनुहुन्छ । महाधिवेशनले १ अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्