तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखको आह्वानमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे छलफल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालको आह्वानमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे छलफल भएको छ ।

सभामुखको कार्यकक्षमा आज आयोजित बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सहभागितामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे छलफल भएको हो ।

छलफलमा तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका उपाय समेटिएको कार्यदलको प्रतिवेदन तथा आवश्यक नीति सामग्री प्रस्तुत गरिएको थियो ।  

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक खुश्बु ओली र नेकपा (एमाले) सचेतक नीता घतानी र प्रतिनिधिसभा सदस्य सागर ढकालले प्रतिवेदनमाथि सुझाव दिँदै यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार तथा मन्त्रालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button