तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाको निर्वाचन कार्यक्रम शुक्रवारदेखि मात्र सुरु हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को निर्वाचन कार्यक्रम शुक्रवारदेखि मात्र सुरु हुने भएको छ  ।

अन्तिम मतदाता नामावलीको टुङ्गो अझै नलागेकाले आज मतदाताको  नामावलीको प्रकाशन गर्ने र भोलि शुक्रवार निर्वाचन कार्यक्रम सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको राप्रपाको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, राप्रपाको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क रु १ लाख तोकिएको छ ।

त्यस्तै,  उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका सदस्य बस्नेतले जानकारी दिनुभयो ।

तीन  जना अध्यक्ष रहेको राप्रपाको एकता महाधिवेशनले अब एकल अध्यक्ष चयन गर्नेछ ।

त्यस्तै, महाधिवेशनबाट १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित  ३ जना महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयन हुँदै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button