तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा फेरि बढ्न थाले कोरोना संक्रमित

पाल्पा । पाल्पामा निरन्तर घटेको सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ ।

पाल्पामा पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ४ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button