बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
![]() |
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ का ९० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४४ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ३४ जनाको मृत्यु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्