तपाईँ सुन्दै हुनुहुन्छः

चार महिनामै ट्राफिक प्रहरी कार्यालय चितवनले उठायो १ करोड बढी राजश्व

चितवन । ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष ०७८/०७९ को चार महिनामा १ करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । 

कार्यालयले दिएको जानकारी  अनुसार चालु आ.व.को कार्तिक महिनासम्म १ करोड ६ लाख ९४ हजार रुपैंया राजश्व सङ्कलन गरेको हो । यसमध्ये सबैभन्दा बढी कार्तिक महिनामा ३० लाख १६ हजार पांँचसय रुपैंया सङ्कलन भएको छ  । सबै भन्दा कम राजश्व भदौ महिनामा २३ लाख ७८ हजार रुपैंया राजश्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।

यसै गरी श्रावण महिनामा २५ लाख ७३ हजार रुपैंया र असोज महिनामा २७ लाख २६ हजार रुपैंया राजश्व सङ्कलन भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले कात्तिक महिनामा चाडपर्व परेसँगै सवारी आवतजावतको  चाप पनि बढ्ने र  लापरबाही र ट्राफिक उल्लङ्घनका घटना सो महिनामा बढी भएकोले राजश्व सङ्कलन पनि सोही अनुपातमा बढी भएको जानकारी दिनुभयो । ‘कात्तिकमा चाडपर्व र राजनीतिक गतिविधि पनि बढ्यो उहाँले भन्नुभयो, वर्षाका कारण  श्रावण महिनामा तुलनात्मक रुपमा अन्य महिनामा भन्दा  ट्रक, टिपर मालबहाक सवारी कम चले । ’सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल चालु आवको चार महिनाको अवधिमा सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल परेको छ भने सबैभन्दा कम ट्र्याक्टर कारबाहीमा परेको छ । सो अवधिमा कार्यालयले ३ हजार ३०३ मोटरसाइकल कारबाहीबाट २७ लाख ७७ हजार रुपैंया राजश्व सङ्कलन गरेको थियो भने  ५८३ वटा ट्र्याक्टर कारबाहीबाट ५ लाख ३६ हजार पांँचसय रुपैंया सङ्कलन गरेको थियो ।

यसै गरी चार महिनाको अवधिमा २ हजार ७३० वटा कार/जिप कारबाहीबाट २५ लाख ८९ हजार रुपैंया, १ हजार ५४६ वटा बस माइक्रो कारबाहीबाट १४ लाख २२ हजार पांँचसय, दुई हजार २१३ वटा ट्रक टिपर कारबाहीबाट २३ लाख १३ हजार रुपैंया र एक हजार ३८१ ट्याम्पो तथा अन्य सवारीसाधनबाट १० लाख ५६ हजार रुपैंया राजश्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालय प्रमुख थापाले मोटरसाइकलको सङ्ख्या र ट्राफिक नियम उल्लङ्घन पनि मोटरसाइकलको नै हुनाले मोटरसाइकल बढी कारबाहीमा परेको बताउनु भयो  । ‘दुईपांँग्रेको सङ्ख्या पनि बढी छ, उल्लङ्घन पनि यसकै बढी हुन्छ’, उहाँले भन्नुभयो ।  चितवनमा दैनिक साना ठुला गरी २५ हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button