तपाईँ सुन्दै हुनुहुन्छः

चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले नक्कली विल बुक बनाएर चोरीका मोटरसाइकल चलाउने दुई जनालाई पक्राउ गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले वास्तविक नम्बर परिवर्तन गरी नक्कली विल बुक बनाएर चलाउने काभ्रे पाँचखाल नगरपालिका–४ का ३० वर्षीय दिलीप राई र गोरखा पालुङटार नगरपालिका–९ का २५ वर्षीय नवीन कोइरालालाई पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रदेश ३–०२–०११ प ४४०४ नम्बर रहेको पल्सर मोटरसाइकललाई नम्बर परिवर्तन गरेर नक्कली विल बुक बनाएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी काठमाडौँ महानगरपालिका–३२ का दुर्गानारायण श्रेष्ठले ट्राफिक महाशाखामा निवेदन दिनुभएको थियो । पक्राउ गरिएको मोटरसाइकल र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ । 
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button