६२ जिल्लामा काँग्रेसको नयाँ जिल्ला सभापति चयन
काठमाडौँ । नेपाली काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत ६२ जिल्लामा पार्टीको नयाँ जिल्ला सभापति चयन गरेको छ ।
यी जिल्लामा महाधिवेशन प्रतिनिधि समेत समेत चयन भइसकेका छन् । प्रदेश एकका सबै जिल्ला र कर्णालीका पनि सबै जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
प्रदेश २ का ८ वटै जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन सम्पन्न भएको छैन । यी जिल्ला अधिवेशनमा अन्योल भए पनि महाधिवेशन प्रतिनिधि भने चयन भइसकेका छन् ।

गण्डकी प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।
लुम्बिनी प्रदेशमा बाँके बाहेकका जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । बाँकेमा पनि महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि जिल्ला अधिवेशन हुन सकेको छैन ।
प्रदेश २ मा महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ । भोलिबाट प्रदेश अधिवेशन सुरु हुने भएकाले १६ जिल्लाको अधिवेशन महाधिवेशन पछि हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्