तपाईँ सुन्दै हुनुहुन्छः

जसपा नेपालको मधेस प्रदेश समिति गठन

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको ११ सदस्यीय मधेस प्रदेश समिति आज गठन भएको छ ।

रामबाबु कुमार यादवको अध्यक्षतामा मधेस प्रदेश समिति गठन भएको घोषणा निवर्तमान अध्यक्ष, केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवं प्रदेश नंं २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले गर्नुभयो । नयाँ समितिको उपाध्यक्षहरूमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, बृजमोहन तिवारी, राम सेवक यादव रहनुभएको छ ।

मधेस प्रदेश समितिको मुख्य सचिवमा दिनेश कुमार यादव, युसुफ अली, निरा साह, शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु यादव चयन हुनुभएको छ । समितिका अन्य सदस्यहरु पछि थप गर्ने जसपाले जनाएको छ ।

घोषणा कार्यक्रममा कार्यकारिणी समितिका सदस्य एवं राष्ट्रिय सभाका सदस्य मृगेन्द्र सिंह यादवले पार्टीलाई प्रदेशमा मजबुत बनाउन समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button