देशभर ३ सय १६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौँ । आज देशभर ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
१२ हजार ७ सय २७ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज २ सय ५९ संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।
संक्रमण कारण आज थप ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय २९ पुगेको छ ।
हाल देशभर ६ हजार ९ सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
आज देशभर २ लाख २७ हजार ५ सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्