सल्यानमा ३८ एचआइभी एड्स संक्रमित
सल्यान । सल्यानमा ३८ एचआइभी एड्स संक्रमित रहेको पाइएको छ । एचआइभी एड्स सम्बन्धी कार्य गर्दै आइरहेको शारदा प्लसका अनुसार जिल्लामा हाल ३८ जनामा संक्रमित देखिएका हुन ।
कार्यालयका अनुसार जिल्लामा २१ पुरुष र १७ महिला रहेका छन् । जसमा ७ बालबालिका छन् । सात बालबालिका मध्ये २ जना आफ्नै आमाबुवासँग रहेका छन् भने पाँच जना काठमाडौँ स्थित बेबी केयर होममा रहेको शारदा प्लसका टोली नेता थमन विष्टले जानकारी दिनुभयो ।
संक्रमित मध्ये २६ जनाका जिल्लाबाट एआरटी सेवा लिइरहनुभएको छ भने अन्य १२ जनाले जिल्ला बाहिरबाट सेवा लिइरहेको शारदा प्लसकी केश ट्रेकर मना बस्नेतले जानकारी दिनुभयो ।
नियमित व्यायाम, खानपिन, घर परिवारबाट माया स्नेह र एआरटी सेवा नियमित लिए संक्रमित लामो समयसम्म जिउन सक्ने उहाँको भनाई छ ।
समाजमा तिरस्कृत र अपहेलित हुने डर र त्रासका कारण धेरै मानिस खुल्न नचाहे पनि पछिल्लो समय भने खुल्न थालेको टोली नेता विष्टको भनाई छ । सङ्क्रमितहरूले पनि अहिले विभिन्न पेसा व्यवसाय सञ्चालन गर्दै आइरहेको उहाँ बताउनुभयो ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण एक जना एचआइभी सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्