तपाईँ सुन्दै हुनुहुन्छः

ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा उहाँले  स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालमा तपाईँको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म  विश्वास दिलाउन चाहन्छु ।”

खुला बजारमुखी अर्थ नीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमी कमजोरीको विश्लेषण गरी समृद्धिको बाटो तय गर्नु हाम्रो प्राथमिकता रहेको बताउँदै उहाँले कोभिड–१९ को महामारी नसकिए पनि क्रमशः सामान्य अवस्थातिर आउँदै गरेको परिस्थितिमा आर्थिक पुनरुत्थानलाई अब तीव्रताका साथ अघि बढाइने छ भन्नुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकमा अब बृहत् रूपको दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ, विगत दुई वर्ष मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्‍यो, अहिले हामी थोरै अँध्यारोमा हौँला तर उज्यालोले हामीलाई पर्खिरहनेछ ।”

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार विकास निर्माणमा राज्य संयन्त्रको काम गर्ने ढाँचा र सार्वजनिक खरिद ऐनलगायत कानुनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,  “नेपालको अर्थतन्त्रमा थुप्रै चुनौती छन्, कोभिड–१९ ले विश्वकै  अर्थतन्त्रलाई पनि निकै प्रभाव पारेको छ, यस्तो अवस्थामा हामीले पुँजीगत खर्च बढाउने, विकासमा नयाँ प्रविधिको प्रयोग गर्ने र ऐन कानुनलाई समयानुकूल तुल्याउन आवश्यक छ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकमा विकासलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन र योजना छनोट प्रक्रियालाई पारदर्शी तुल्याउन अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणमा कायम रहेको लाइसेन्सराजको सम्पूर्ण हिसाबले अन्त्य हुनुपर्छ, विकासका योजनालाई कसरी बढाउने भन्ने स्पष्ट खाका आवश्यक छ, आयोजना कार्यान्वयन हुन नसकेर बजेट रकमान्तरण हुने परिस्थिति रोकिनुपर्छ ।”

उद्योगपति एवं सांसद विनोद चौधरीले राज्यका नियमनकारी संस्थालाई चुस्त तुल्याउँदै अर्थतन्त्रको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष  शेखर गोल्छाले मुलुकको अर्थतन्त्रलाई सुदृढ तुल्याउन महासङ्घले तयार गरेको योजनालाई अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले मुलुकमा उद्योग र रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच छलफल, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बिचौलिया र तरलतासम्बन्धी समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिनुभयो ।

May be an image of ‎2 people, people standing and ‎text that says '‎नेपाल आर्थिक पत्रकार समाज जरन्ती (सेजन) रजत तथा যन अवार्ड वितरण समा אופ मेरियट होटेल,‎'‎‎

अर्थ विश्लेषक अच्युत वाग्लेले मुलुकको अर्थतन्त्र र राजनीति बीचको कडी भत्किएको, व्यापार घाटाको सन्तुलन फराकिलो रहेका बेला सङ्घीयताले स्थायित्व प्राप्त नगरी समृद्धि हुन्न भन्ने पाटोमा विचार पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गर्न सुझाव दिनुभयो । 

May be an image of 5 people, people standing and text that says 'नेपाल आर्थिक रजत पत्रकार समाज जयन्ती (सेजन) तथा जन अवार्ड वितरण समार सेर २०७८ मेरियट होटेल,'

सो अवसरमा सेजनका अध्यक्ष जनार्दन बराल, पूर्वाध्यक्षहरु किरण नेपाल, प्रदीप चापागाईँ, गोपाल तिवारी, गोकर्ण अवस्थी, पुष्पराज आचार्य र भीम गौतमले आर्थिक पत्रकारिताको गुणस्तर र क्षमता बढाउने सन्दर्भमा संस्थाले गर्दै आएका गतिविधि र योगदानको जानकारी दिनुभयो । 

May be an image of 1 person and text that says 'नेपाल आर्थिक पत्रकार समाज जयन्ती (सेजन) रजत तथा ন अवार्ड वितरण समारोह मेरियट होटेल, काठमाडी'

समारोहमा राजीव उपाध्याय र प्राडा अच्युत वाग्लेलाई सम्मान गरिनाका साथै हिमाल खबर पत्रिकाका रमेशकुमार न्यौपाने, अन्नपूर्ण पोष्ट दैनिकका  सुनिता कार्कीलाई जनही ५०/५० हजार राशिको सेजन अवार्ड प्रदान गरियो ।

कार्यक्रममा सेजनका पूर्वपदाधिकारी सञ्जय न्यौपाने स्मृति फेलोसिप कारोबार दैनिकका सरस्वती ढकाल र नागरिक दैनिकका हिमाल लम्साललाई प्रदान गरियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button