दोलखामा धुवाँले निसास्सिएर एकै परिवारका तीन जनाको मृत्यु

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ झुलेमा धुवाले निसास्सिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मङ्गलवार राति १० बजेतिर निसास्सिएर २७ वर्षीय श्याम तामाङ, उनको श्रीमती २५ वर्षीय अम्बिका तामाङ र पाँच दिने नाबालक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।
घट्नाको प्रकृति हेर्दा ढोका या झ्याल खोल्ने प्रयत्न भएको नदेखिएकोले उनीहरू निदाएकै अवस्थामा निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
भूकम्पपछि बनाएको एक तले घरमा सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरूको धुवाँले निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।
मृतक श्यामको घरमा बुधवार बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरूलाई मृत अवस्थामा देखेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
घट्नाको बारेमा थप अनुसन्धान भइरहेको घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्