चितवनको चनौलीस्थित मालपोत कार्यालयमा अख्तियारको छापा

चितवन । पश्चिम चितवनको चनौलीस्थित मालपोत कार्यालयमा अख्तियारले छापा मारेको छ ।
आज मध्यान्ह १२:०० बजेतिर अख्तियार टोलीले छापा मारेको स्थानीय पत्रकार रामशरण गैरेले जानकारी दिनुभयो ।
टोलीले मालपोत प्रमुख मुकुन्द पौडेललाई निगरानीमा राखेर कागजात, चेक र नगद नियन्त्रणमा लिएको गैरेले बताउनुभयो । “१५ लाखको चेक र तीन लाख नगद, कागजात अख्तियार टोलीले बरामद गरेको छ”, उहाँले भन्नुभयो, “मालपोत प्रमुखलाई अलग्गै कोठामा राखेर सोधपुछ गरेको छ । हामीलाई भेट्न दिइएको छैन ।”
किन र के कारण छापा मारियो भन्ने विषयमा थप जानकारी केही समयपछि आउने बताइएको छ ।
अख्तियारको टोलीले अहिले पनि घटनास्थलमा विवरण सङ्कलन गरेको गैह्रैले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्