जुम्लाको सिंजामा बस दुर्घटना : दुई जनाको मृत्यु,दुई घाइते

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका २ स्थित घोडेङ्गामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिकाको गुठिज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना. ६ ख ४४३८ नम्बरको बस यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा घटना स्थलमै चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार घाइते दुई जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्सबाट सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईदैछ ।
अहिले घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँ सहित सुरक्षा टोली गइरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्