तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको काठेखोलामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

मध्येपहाडी लोकमार्गको बागलुङ–अक्षते सडक खण्डको पाला खहरेमा आज बिहान करिब ५ बजे बा १८ च ५६७७ नम्बरको रातो पिलेटको पिकअप जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

अन्य घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button