तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चमा आजदेखि गोला प्रथाबाट इजलास तोकिँदै

काठमाडौं । सर्वोच्च अदालतमा  आजदेखि गोला प्रथाबाट इजलास निर्धारण गरिदैछ । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोक्ने चलन भए पनि आजबाट त्यो परम्परा तोडिदैँछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो ।
नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता समेत हट्नेछ । 

आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोला प्रथा प्रक्रियासँगै  आन्दोलनमा रहेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि इजलास फर्कदै हुनुहुन्छ । 

अव सर्वोच्चको इजलासका लागि न्यायाधीशहरुले वरिष्ठताका आधारमा गोला तान्ने र मुद्दाका लागि पुनः अर्को गोला तानेर निर्धारण गरेपछि मात्रै सुनुवाइ सुरु हुनेछ । गोला प्रक्रियालाई पारदर्शी बनाउन सर्वोच्च अदालतको सीसीटिभी क्यामरामा समेत सुरक्षित राखिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button