सम्पत्ति संरक्षणको कार्ययोजना बनाएर अघि बढ्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका गुठीको सम्पत्ति संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
गुठी संस्थानको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा मङ्गलवार भएको छलफलमा मन्त्री श्रेष्ठले गुठी संस्थान स्थापनाको उद्देश्य, मर्म र भावना अनुरूप परिणाम देखिने गरी काम गर्न निर्देशन कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले देशका विभिन्न भागमा रहेका गुठीका जग्गा के भइरहेको छ भनेर अरूले जानकारी दिनुपर्ने अवस्थाको अब अन्त्य हुनु पर्छ भन्दै देशभर रहेका गुठीको जग्गाको यकिन तथ्याङ्क सङ्कलन गर्न पनि निर्देशन दिनुभयो ।
संविधानले नै गुठीको सम्पत्ति संरक्षणको विषय सुनिश्चित गरेकाले त्यस अनुसार छिटो समस्या समाधान गर्ने गरी संस्थानले आफ्ना कामहरूलाई चुस्त दुरुस्त बनाउन ढिला गर्न नहुनेमा पनि मन्त्री श्रेष्ठले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्