राजनीतिक स्थायित्व र विकासमा केन्द्रित भइरहेका छौ : अध्यक्ष प्रचण्ड

रुपन्देही। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व र विकासमा आफूहरू केन्द्रित भएर लागेको बताउनुभएको छ ।
मङ्गलवार माओवादी केन्द्रका रुपन्देही इन्चार्ज स्वर्गीय रामप्रसाद बञ्जाडेको शोकसभामा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिले मात्रै स्वर्गीय रामप्रसाद बञ्जाडे सहित हजारौँ सहिदहरूको सम्मान हुने पनि बताउनुभयो ।
अध्यक्ष प्रचण्डले २/३ महिना अगाडि बञ्जाडेले आफूले केन्द्रमा जिम्मेवारी नपाउनुको कारण सोधेको स्मरण गर्दै भन्नुभयो–‘उहाँले मलाई २÷३ महिना पहिले मेरो निवास खुमलटारमा पुगेर भन्नुभयो–मैले केन्द्रका जिम्मेवारी नपाउनुको कारण के हो रु, उहाँको यो प्रश्नले म गम्भीर भएँ, त्यसपछि मात्रै उहाँलाई स्थायी कमिटी, केन्द्रीय कमिटी र रुपन्देही जिल्ला इन्चार्जको रूपमा जिम्मेवारी दिने निर्णय गरेका थियौँ ।
उहाँको क्षमताका आधारमा जोखिमपूर्ण जिम्मेवारी दिइएको र कार्यसम्पादनमा पनि अब्बल रहेको बताउँदै अध्यक्ष प्रचण्डले अब स्वर्गीय बञ्जाडेको जिम्मेवारी आफूहरूको काँधमा आएको बताउनुभयो ।
त्यसैगरी पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेवले वञ्जाडेलाई धेरै युद्धमा बचाए पनि दुर्घटनाबाट बचाउनु नसकिएको भनाई राख्नुभयो ।
माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीको अध्यक्षतामा भएको शोक सभामा एमालेका पुरुषोत्तम घिमिरे, नेपाली काँग्रेसका हरिप्रसाद अर्याल, नेकपा एकीकृत समाजवादीका भोजबहादुर खड्का, क्रान्तिकारी माओवादीका प्रेम सुवेदी, जसपाका देवेन्द्र पाण्डे, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी लगायतले माओवादी आन्दोलनका जीवित इतिहास बञ्जाडेको निधनले एउटा कुशल राजनीतिज्ञको अभाव खड्कीरहने बताएका थिए ।








प्रतिक्रिया राख्नुहोस्