तपाईँ सुन्दै हुनुहुन्छः

राखेप सदस्य सचिवमा घिसिङ नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

रामेछाप सुनापति २ घर भएका टङ्कलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

घिसिङ नेपाल रग्बी सङ्घका अध्यक्ष हुनुहुन्छ । सरकारले केही समय पहिले तत्कालीन सचिव रमेश सिलवाललाई हटाए पछि सो पद रिक्त रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button