माओवादी केन्द्रको फिदिम नगर अधिवेशन सम्पन्न

पाँचथर । नेकपा माओवादी केन्द्रको प्रथम फिदिम नगर अधिवेशन सम्पन्न भएको छ ।
देवी थापा मगरको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षमा दीपक दुलाल, दिलकुमार तामाङ र सन्तबहादुर राई चयन भएका छन् । त्यस्तै गरी सचिवमा तेजबहादुर तामाङ, सह सचिवमा मनकुमार राई र कोषाध्यक्षमा बिपन तुम्रोक चयन भएका हुन् ।
प्रदेश नं. १ का अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज इन्द्र आङ्बो (मौसम) को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्