तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी महानिरीक्षक थापा इन्टरपोलको महासभामा सहभागी भई स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को आयोजनामा टर्कीको ईस्तानबुलमा मङ्सिर ७ देखि ९ गतेसम्म सञ्चालन भएको इन्टरपोलको ८९औँ महासभामा सहभागी भई मङ्गलवार स्वदेश फिर्ता हुनु हुनुभएको छ ।

सोही महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत स्वदेश फिर्ता हुनुभएको छ ।    

उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक नीरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।     

८९औँ महासभामार्फत दि फेडेरेटेड स्टेट्‌स अफ माईक्रोनेसियाले १९५औँ सदस्य राष्ट्रको रूपमा नयाँ सदस्यता प्राप्त गरेको छ । इन्टरपोलको ९०औँ महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औँ महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button