तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका ६ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व चयन

तनहुँ । नेकपा माओवादी केन्द्र तनहुँको प्रथम गाउँ तथा नगर अधिवेशनले जिल्लाको ६ स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका १० मध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

शनिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको गाउँ तथा नगर अधिवेशन जिल्लाका आठ स्थानीय तहमा मात्र सुरु भएको थियो ।

जिल्लाको व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत भएको छ । व्यासमा रामचन्द्र सापकोटाको अध्यक्षतामा नगर ६५ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देवीका बुर्जा मगर, ईश्वर बस्याल र गोपाल सुर्खाली चयन हुनुभएको छ । सचिवमा वसन्त दरै, सहसचिवमा हर्कबहादुर थापा र कोषाध्यक्षमा केहरसिंह आले चयन भएका हुनुभएको छ ।

भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल सर्वसम्मत हुनुभएको छ । कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थापा चयन हुनुभएको छ।

ऋषिङ गाउँ कमिटीको अध्यक्षमा वीरबहादुर थापा चयन हुनुभएको छ । गाउँपालिकामा ५५ सदस्यीय कमिटी बनाइएको छ । उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला आले, वसन्त सदाशंकर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रको म्याग्दे गाउँ कमिटी अध्यक्षमा दिलबहादुर नेपाली चयन हुनुभएको छ । उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, दण्डमान श्रेष्ठ हुनुहुन्छ । सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशंकर र कोषाध्यक्षमा शुकराम नेपाली चयन हुनुभएको छ ।

चुननारायण श्रेष्ठको अध्यक्षतामा घिरिङ गाउँ कमिटीले नयाँ नेतृत्व पाएको छ । उपाध्यक्षमा गोविन्दराज काफ्ले, बिनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन हुनुभएको छ ।

आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा खगराज गौली सर्वसम्मत हुनुभएको छ । उपाध्यक्षमा बाबुराम शर्मा, गणेश थापा, दुर्गा अर्याल, सचिवमा गंगाराम कोइराला, सहसचिवमा श्रीप्रसाद गुरुङ चयन हुनुभएको छ । कोषाध्यक्ष गाउँ कमिटीले चयन गर्ने जनाइएको छ ।

भानु नगरपालिका र देवघाट गाउँपालिकामा भने शनिवार अधिवेशन सुरु हुन सकेन । १८ मङ्सिरमा यी दुई स्थानीय तहमा अधिवेशन गरिने माओवादी केन्द्र तनहुँले जनाएको छ ।

दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानेले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेतृत्व चयन हुन नसकेको उहाँको भनाई छ । सहमतिबाट नेतृत्व छान्ने प्रयास भइरहेको न्यौपानेले बताउनुभयो । 

माओवादीले पदाधिकारीमा आकाङ्क्षी धेरै भए पनि सकभर सर्वसम्मत नेतृत्वको टुङ्गो लगाउने रणनीति बनाएको छ । आकाङ्क्षी धेरै हुँदा पनि मतदान प्रक्रियामा जान सकेको छैन ।

बन्दीपुर गाउँ कमिटीको नेतृत्व चयन गर्न शनिवारदेखि छलफल जारी छ । शुक्लागण्डकी नगरपालिकामा १८ मङ्सिरसम्म सहमति गर्ने म्याद निर्वाचन समितिले दिएको छ । यहाँ शनिवार नै ६५ सदस्यीय नगर कमिटी चयन गरिएको थियो ।

एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरेर सात जना पदाधिकारी मात्र चयन गर्न बाँकी रहेको माओवादी केन्द्र तनहुँकी सहइञ्चार्ज आशा कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button