तपाईँ सुन्दै हुनुहुन्छः

कार्यक्रम तय गर्न नेपाल बारको बैठक बस्दै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आगामी कार्यक्रमबारे छलफल गर्न बैठक बोलाएको छ । 

नेपाल बारका पदाधिकारीसहित उपत्यकाभित्रका सबै बार इकाई सहभागी हुने बैठकले  आन्दोलनका भावी कार्यक्रम तय गर्ने जनाइएको छ । 

बैठकमा आन्दोलनका स्वरूपलगायत बारको आन्तरिक विषयहरूमा छलफल हुने अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

बारले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १७ बुँदे आधारबारे विभिन्न राजनीतिक दलका कानुनी पृष्ठभूमि भएका सांसदसँग छलफल गर्ने समेत जनाएको छ । 

बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म धर्ना र उहाँको इजलासमा बहस पैरवी नगर्ने यसअघिको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

बारले प्रधानन्यायाधीश जबराको इजलासमा नबस्न सर्वोच्चका न्यायाधीशहरुलाई यसअघि नै अनुरोध गरेको थियो । 

अदालतको गरिमा कायम राख्न नसकेको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर ५ सातायता आन्दोलन गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button