तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले सोमबार दुई चरणका खेल सार्वजनिक गरेको हो । दुवै चरणका खेल दशरथ रंगशालामा हुनेछन् । यस पटक समेत एन्फाले हप्तामा चार खेल हुने जनाएको छ । यस्तै खेल दिउँसो र साँझमा हुने समेत जानकारी गराएको छ ।

३ मंसिरबाट सुरु भएको लिगका दोस्रो चरणका खेल आज सकिँदै छ । अन्तिम खेलमा अहिले साबिक विजेता मछिन्द्र फुटबल क्लब र साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button