तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

धनगढी । कैलालीमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका ८ चौकमा ट्रकले ठक्कर दिँदा स्थानीय नरेश देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ५३६६ नं.को ट्रकले पैदल यात्री देउवालाई पछाडिबाट ठक्कर दिएको बताइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी घोडाघोडी नगरपालिका ५ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालक वसन्तराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ ख ४६६६ नं.को ट्रकले शर्मा सवार सु.प.प्र.०१००८ प ५४७५ नं.को मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । घटनापछि भागेको ट्रक चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button